भक्तपुरः मध्यपुर थिमिमा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले २०७२ सालको महाभूकम्पका बेला क्यामेरामा कैद गरेका फोटोहरु प्रर्दशनी गरिने भएको छ ।

रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिइएको हो ।

२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पमा कैद गरिएका फोटोहरु भोलि वैशाख १२ गते प्रर्दशनी गरिने आयोजक मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले जानकारी दिए ।

मध्यपुर थिमिको दुई पोखरीमा आयोजना गरिने एक दिने फोटो प्रर्दशनीमा काठमाडौं, भक्तपुर र ललिपुरका गरि करिब १०० फोटो प्रर्दशनीमा राखिने उनले बताए ।


महाभूकम्पका समयमा आफूले कार्यालयबाट निस्कँदादेखि भक्तपुर, काठमाडौं र ललितपुरमा देखेका दर्दनाक दृश्यहरुलाई जुन परिस्थितिमा कैद गरिएको थियो सो फोटो अवलोकनमा पश्चात दर्शकहरुले सहजै बुझ्न सकिने फोटो पत्रकार श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १८:०२