भक्तपुरः हालै सम्पन्न भएको १३ औं साग खेलमा कराँते तर्फ नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने मन्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाले सम्मान गरेको छ ।

कराँतेको काता विधातर्फ एकल र सामुहिक तर्फ गरी दुई स्वर्ण पदक दिलाउन सफल रहेका मध्यपुर थिमि निवासी मण्डेकाजीलाई नगरपालिकाले नगद पाँच लाख पच्चपन्न हजार पाँच सय पाँच रुपैयाँ सहित सम्मानपत्रले शनिबार सम्मान गरेको हो ।

नगरपालिकाले मन्डेकाजीले खेल क्षेत्रमा हासिल गरेका विभिन्न पदकहरुलाई सुरक्षित राख्न दराज समेत दिने घोषणा गरेको छ ।

नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले सम्मान गरेका हुन् ।

कार्यक्रममा मन्डेकाजीका प्रशिक्षकद्वय गंगाराम महर्जन र सजन श्रेष्ठलाई समेत नगरपालिकाले सम्मान गरेको थियो ।


कार्यक्रम अघि बोडेबाट सुरु भएको नागरिक अभिनन्दन नगरको विभिन्न भागको परिक्रमा गरि बालकुमारीमा पुगेको थियो ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०६:०५