काठमाडौंः जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै पूर्णरुपमा सक्रिय भएको छैन ।

मौसमविद् वरुण पौडेल भन्छन “मनसुन पूर्वबाट पश्चिमतर्फ जान केही दिन लाग्ने देखिन्छ, पूर्व र मध्यभेगमा राति वर्षा हुने तथा दिउँसो बदली हुने क्रम जारी छ ।

काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्न चर्को घाम र दिउँसो बदली हुने क्रम केहि दिन यता जारी छ । क्षणिक बदली हुने र घाम लाग्नेक्रमले गर्दा उपत्यकामा बढी गर्मी महसुस गरिएको हो ।

यसैबीच महाशाखाले जनाएअनुसार विगत केही दिनदेखि उत्तरी बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली यही जेठ २ र २८ मा जमिनमा प्रवेश गरेको छ ।


महाशाखाले विज्ञप्ति निकालेर यही जेठ २५ गते पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरेको थियो ।

साधारणतया जुन १० प्रवेश गर्ने गर्छ १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ ।