लमजुङ हुदै अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोराङला पास गएका चार चिनियाँ पर्यटक सम्पकविहीन भएका छन् । सम्पकबिहीन हुनेहरुमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।

विश्वकै उत्कृष्ट पदयात्रामा पर्ने थोराङला पासका लागि गत पुस २७ गते मनाङको निस्याङ गाउँपालिका ९ स्थित रहेको एक्यापको कार्यालयबाट छुटेका उनीहरु सम्पर्कविहीन भएका हुन् ।

एक साता बित्दा समेत उनीहरु थोरङ्गला पास नपुगेको खबर प्राप्त भएपछि प्रहरी टोली खटाएर खोजिकार्य लाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मनाङ निस्याङ गाउँपालिकामा रहेको कार्यालयलाई उदृत गर्दै थोराङला पास गएका ४ चिनियाँ पर्यटक सम्पकविहीन भएको जनाइको छ ।


बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार कोरियन पर्यटक र एक नेपाली समेत हराएका छन्। अहिले उनीहरुको खोजी कार्य जारी छ ।

थोराङला पास गएका चिनियाँ पर्यटकहरुमा हृवाङ यिविन, क्याटसियु टिङ र मा क्आिन्ली र अन्वद झाड रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मी बताए । घटनाबारे थाहा पाउनसाथ हुम्दे प्रहरी चौकीबाट प्रहरी खटाइएको रेग्मीले बताएका छन् ।


प्रकाशित मितिः आइतबार ०५ माघ, ०७:५२