काठमाडौंः गायिका इशा कार्की र गायक अमृत जंग कुँवरको स्वर रहेको ‘दिलको ड्राईभर’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतमा अमेरिकाको क्यालिफोर्नियामा बसोवास गर्दै आएकी गायिका कार्कीको रचना तथा संगीत रहेको छ भने संगीत संयोजन रीकेश गुरुङको रहेको छ ।

हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र कञ्चन खड्काको अभिनय रहेको गीतलाई मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

राज महर्जनको कोरियोग्राफीमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ ।

अमेरिकामा दिपक बम्जन र नेपालमा रामकुमार केसीद्वारा छायांकन गरिएको भिडियोलाई गायिका कार्की र गायक कुँवरले परिकल्पना गरेका हुन् ।


। भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १९:४५