काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयका सचिवहरुलाई आगामी वर्षको कार्यक्रम पेश गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सबै मन्त्रालयहरुका सचिवहरुलाई आगामी असार १५ भित्र मन्त्रालयले गर्ने कार्यक्रमको सूची पेश गर्न निर्देशन दिएका हुन् ।

अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट तथा बजेटमा अन्तरनिहीत कार्यक्रम कार्यान्वयनका लागि आफ्ना योजना पेश गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो,’ अर्थमन्त्री युवराज खतिवडाले भने ‘असार १५ सम्ममा हामीले आगामी आर्थिक वर्षको योजनाका सम्बन्धमा सम्पूर्ण काम सक्ने गरेर तयारी गरेका छौं।


।’ साथै कर्मचारी व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्रीले आफूलाई जानकारी गराउन भनेका छन्।