काठमाडौंः आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।

मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो ।

कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी गत बिहीबार स्वदेश फर्किएका थिए ।

सत्तारुढ पार्टीले राष्ट्रपति चुनावका उम्मेदवार बनाउने घोषणा गरेका कोलाबालीको निधनले आगामी अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चित भएको छ ।

यसैबीच, आइभरीकोस्टका राष्ट्रपति एलासानी ओटाराले प्रधानन्त्री कोलाबालीको निधनले देश शोकमा रहेको बताएका छन् ।


प्रकाशित मितिः बिहीबार, असार २५, २०७७, ०९:०१