काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ ।

बैठकले काठमाडौं–तराई दु्रतमार्ग निर्माण कार्यविधि, प्रशासकीय अदालत सम्बन्धि विधेयक, जिल्ला प्रशासन, ईलाका प्रशासन, सिमा सुरक्षा, अध्यागमन लगायतका कार्यालय व्यवस्थित बनाउन, छिटो छरितो काम गर्न संगठन र दरबन्दी समेत स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले फास्ट ट्रयाक निर्माण कार्यविधि २०७५ पारित गर्नुका साथै विद्यार्थी भर्ना अभियान फेरि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गएको बैशाखमा शुरु गरिएको भर्ना अभियानपनि पनि ५६ हजार विद्यार्थी विद्यालय बाहिरै रहेको पाइएपछि सरकारले फेरि भर्ना अभियान थाल्ने निर्णय गरेको हो ।


।। मन्त्रिपरिषदबाट स्वीकृत भएको यो विधेयक सरकारले अब सदनमा लैजानेछ ।

यसैगरी, बैठकले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ९विमस्टेक० को सम्मेलन आउँदो भदौमा गर्ने निर्णय गरिएको छ । भदौको १४ र १५ वा २१ र २२ मा सम्मेलन गर्ने प्रस्ताव गरिएको हो । सदस्य राष्ट्रहरुसँग समन्वय गरेर यी दुई मध्ये एउटा मिति तय गर्ने सरकारको तयारी छ ।