काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ।

ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको सरकार प्रवक्ता एवम् संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकले बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका स्वीकृत गरेको छ भने युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ ।


मन्त्रिपरिषद् बैठकले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोगको पहिलो संशोधन विधेयक २०७५ संसद्मा पेश गर्ने स्वीकृति दिएको छ ।