काठमाडौंः उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट (सञ्चालक परिषद्) बैठक स्थगित भएको समाचार आजको नागरिकले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार ९कात्तिक २२० का लागि बोलाइएको थियो ।

बैठकका लागि सिनेट सदस्यहरू बिहीबार नै काठमाडौं पुगिसकेका थिए । तर मन्त्री यादवले सिनेट बैठक अघि आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन (विश्वनाथ) यादवलाई रजिष्ट्रारमा सिफारिस गर्न प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनाललाई दबाब दिएका थिए ।


। खनालले यो विषयमा कुलपति तथा प्रधानमन्त्रीसँग सल्लाह लिने जवाफ दिएपछि मन्त्री यादवले आफैंले बोलाएको महत्वपूर्ण सिनेट बैठक अचानक स्थगित गरेका हुन् । प्रतिष्ठानमा २३ जना सिनेट सदस्यहरु छन् ।

बिपी प्रतिष्ठानमा रजिष्ट्रार पद रिक्त छ । केही महिनाअघि मन्त्री यादवकै सिफारिसमा डाक्टर बिएन यादव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका थिए । बिपी प्रतिष्ठानकै चिकित्सक डाक्टर यादव काजमा राप्ती प्रतिष्ठान गएका हुन् । राप्ती प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीसँग तीव्र मतभेद र विवाद भएपछि हिजोआज डाक्टर यादव बिपी प्रतिष्ठानमा नै छन् ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०७:४२