काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरु नियुक्त गर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरुलाई मन्त्री पद दिने तयारी थालिएको हो ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सरकारबाहिर रहेका र सरकारको आलोचना गरिरहेका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र जनार्दन शर्मालाई मन्त्रीमा सहभागी गराउने तयारी छ ।


। त्यसैगरी सरकारसँग नरम रहेका र पार्टीमा प्रभाव राख्ने नेताहरू पम्फा भूषाल, देवेन्द्र पौडेल र छविलाल विश्वकर्मालाई पनि मन्त्री बनाउने तयारी रहेको छ । वर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विराध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेवारी दिने तयारी रहेको स्रोतले बताएको छ ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०७:१६