काठमाडौंः नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आज आफ्नो पदभार ग्रहण गरेका छन् ।

सिंहदरवार स्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, राखेप सदस्य–सचिव रमेश कुमार सिलवाल, नेपाल स्काउटका प्रमुख लोकवहादुर भण्डारी, राखेप सदस्यहरु, मन्त्रालयका सह–सचिव, उपसचिव, राखेप विभागिय प्रमुखलगायतले स्वागत गरेका थिए ।

स्वागतका अवसरमा मन्त्री लामाले खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि तत्कालिन, मध्यकालीन र दिर्घकालिन योजना ल्याउने बताए । मन्त्री लामाले खेलाडीको जिवन बृद्धि सम्बन्धी फायलमा हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरे ।


यसअघि मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा) लाई बिदाई गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद हेरफेर तथा विस्तार गर्दा बिश्वकर्मा पदमुक्त भएका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १७:०३