क्वालालम्पुरः मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् ।

वान एमडीबी राज्य लागनी कोषमा भएको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो । उनीमाथि वान एमडीबी राज्य लागनी कोषमा भ्रष्टाचार गरेको आरोप लगाइएको अलजजिराले टेलिभिजनले बताएको छ ।

यसअघि मलेसियाको एन्टी करप्सन एजेन्सीले नाजिबका छोरा तथा हलिउडका चलचित्र निर्माता रिजा अजिजसँग पनि सोधपुछ गरेको थियो ।

यही भ्रष्टाचार काण्डका कारण नाजिबको गठबन्धनले गत मे ९ मा भएको चुनावमा हार बेहोर्नु परेको थियो । एजेन्सी