विश्व राजनीतिमा पश्चिमा शक्तिको दबदबा कायम रहेका बेला ‘पूर्वतिर हेर’ भन्ने नाराले संसारको ध्यान खिचेका आधुनिक मलेसियाका जन्मदाता महाथिर मोहमद १५ वर्षपछि ९२ वर्षको उमेरमा पुनः सत्तामा आएका छन् ।

बिहीबार राति उनले संसारकै वृद्ध निर्वाचित कार्यकारी प्रमुखका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गर्दा हजारौं मलेसियालीले सडकमा निस्किएर राष्ट्रिय झन्डा फहराउँदै खुसियाली मनाए ।

महाथिर तिनै नेता थिए, जसले मलेसियालाई आधुनिक विकासको बाटोमा डोर्याए । । तर, सन् १९८१ देखि २००३ सम्म देशको नेतृत्व गरेर विकासको गतिमा लम्काएका उनी आफैंले हुर्काएका राजनीतिक चेला नजिब रजाक र बारिसन नेसनललाई सत्ताच्युत गर्दै अवकाश लिएको १५ वर्षपछि पुनः सत्तारोहण गरे ।


। त्यसो त महाथिर आफैं सन् १९७५ देखि सत्तामा रहेर यो निर्वाचनमा पराजित भएको बारिसन नेसनल ९बीएन० का सदस्य थिए ।

हाल आएर उनले आफूलाई २२ वर्षसम्म सत्तासीन गराएको तथा ६१ वर्षदेखि मलेसियाको सत्तारूढ रहेको सोही बीएन पार्टीलाई हराउँदै पुनः प्रधानमन्त्रीका रूपमा शपथ लिन पुगेका छन् । आफ्नै राजनीतिक गुरुसँग पराजित भएपछि निवर्तमान प्रधानमन्त्री रजाकले जनताको फैसलालाई मान्ने बताएका छन् ।

सन् २००३ मा सत्ताबाट बाहिरिए पनि उनको बारिसन नेसनलभित्र राम्रो पकड कायमै थियो । सन् २००९ मा महाथिरकै चेला नजिब रजाक प्रधानमन्त्री भएपछि उनका क्रियाकलापले उनी र उनको पार्टी दुवैलाई अलोकप्रिय बनाइरहेको थियो ।

रजाकले वान मलेसिया डेभलपमेन्ट बर्हाबबाट करोडौं रकम भ्रष्टाचार गरेको र आफ्नो खातामा सारेको पुष्टि भयो । महाथिरले पार्टीभित्रैबाट रजाकलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरे पनि सफल हुन नसकेपछि उनका समर्थक सो पार्टीबाट अलग भए । यति हुँदा पनि रजाकले आफ्नो कमजोरी स्वीकार गर्नुको साटो उच्च सरकारी अधिकारीलाई बर्खास्त गरे भने सञ्चारमाध्यम र विपक्षीमाथि समेत कडाइ गरे ।

सन् २०१५ मा महाथिरले पार्टी परित्याग गरी रजाकलाई सत्ताच्युत गर्न मलेसियाली जनतालाई अपिल गर्दै विशाल प्रदर्शनको नेतृत्व गरे । उनले सुरु गरेको यो अभियानले बिहीबार उनलाई पुनः सत्तामा पुर्याएको छ ।

रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय संघर्षको सामना गर्नुपरेपछि राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आÏनो खाँचो महसुस गरेको भन्दै महाथिर पुनः राजनीतिमा आएका थिए । जितपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘हामीलाई कुनै प्रकारको बदलाव चाहिएको छैन, कानुनी शासनको बहाली गर्न मात्र चाहन्छौं ।’

पछिल्लो चुनावी परिणामले मलेसियाको राजनीतिक परिदृश्यमा आशालाग्दो अवस्था देखिएको छ । नयाँ सरकारको नेतृत्व सुरु गरेका महाथिर विश्वका सबैभन्दा वृद्ध निर्वाचित कार्यकारी प्रधानमन्त्रीसमेत बनेका छन् ।

उनकै नेतृत्वमा मलेसियाले सन् १९९० को दशकदेखि गरेको लगातारको आर्थिक विकाससँगै ‘एसियाको बाघ’का रूपमा उदाएको थियो ।’ यद्यपि, उनको शासनकालमा एक विवादास्पद सुरक्षा कानुनको प्रयोग गरी राजनीतिक प्रतिद्वन्द्वीलाई जेल हालेपछि सर्वसत्तावादी भएको आरोप लागेको थियो ।

उनका उपप्रधानमन्त्री अनबर इब्राहिमलाई उनले पदबाट हटाएपछि भ्रष्टाचार र यौन उत्पीडनको आरोपमा जेलमा हालेका थिए । उनी हालसम्म जेलमा नै रहेका छन् । यद्यपि, हाल अनबर महाथिरको सत्तायात्राका एक खेलाडी हुन् । राजधानी दैनिकमा समाचार प्रकाशित छ ।