काठमाडौंः रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षिय प्रमोद भिनवार यादव रहेका छन् ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले बताए ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिन नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन् ।


दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०८:३३