काठमाडौं: मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा आज बिहान बस दुर्घटनाहुँदा कम्तिमा ३६ नेपाली घाइते भएका छन् । ६० जना सवार बस मलेसियाको समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो ।

नेपाली कामदारहरु मलेसिया स्थित अमेरिकी कम्पनी प्लेकससको ‘सी’ साइडमा काम गर्न जानेक्रममा बस सडकमा पल्टिएको हो । उनीहरुकाे पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको छ ।

विद्युतीय सामान उत्पादन गर्ने प्लेकसस् कम्पनी कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् ।