काठमाडौंः महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन लगाएको थियो ।

मंगलबार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए ।

नेकपाको सचिवालय बैठकअघि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई बोलाएका थिए ।


। महानगरीय प्रहरी वृत्त लैनचौरको नयाँ भवन शिलान्यास गर्न पुगेका आइजिपी खनाललाई बोलाएर ओलीले घटनाको सबै विवरण लिएका थिए । उनले महरा ती महिलाको कोठामा जाने रुटको सिसिटिभी फुटेजसमेत मगाएर हेरेका


प्रकाशित मितिः बुधबार, असोज १५, ०७:०१