काठमाडौंः प्रतिनिधिसभाका सदस्य एवं निर्वतमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन भएको छ ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै महराको संसद पद निलम्बन भएको जनाएका हुन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै महासचिव भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएक हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको बताएका छन् ।

महरा यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेकाले उनलाई निलम्बन गरिएको हो ।



प्रकाशित मितिः बिहिबार, असोज २३, १६:२४