काठमाडौंः यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुवै पद तत्काल छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो तर उनले सभामुख पदबाट मात्र राजीनामा दिएका थिए ।

महरा अझै नेकपाका सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे । ‘आरोप स्वीकारेझैं चुपचाप पनि बस्ने, पार्टी नेतृत्वको निर्देशन पनि नमान्ने त हुँदैन,’ नाम सार्वजनिक गर्न नचाहने नेकपा स्थायी समितिका एक सदस्यले भने, ‘पार्टीको आँखामा महरा अब सांसद रहेनन्, हामीले दाङ क्षेत्र नम्बर २ रिक्त रहेको कल्पना गरिसक्यौं ।


।’

सभामुखबाट राजीनामा दिएपछि सांसद पदबाट पनि राजीनामा दिएसरह भएको नेकपाका शीर्ष नेतृत्वको निष्कर्ष छ ।


प्रकाशित मितिः शनिबार, असोज १८, ०७:५५