काठमाडौंः प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो ।

राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए ।

महराको निजी सचिवालयले विज्ञप्ति जारी गरेर खण्डन गर्न खोजे पनि थेग्न नसकेपछि अन्ततः उनले सभामुख पदबाटै राजीनामा दिए ।

पीडित महिला हुनुका साथै घटनाको ४८ घण्टा नबित्दै उनको बोली फेरिँदासमेत महरा आबद्ध दल नेकपाका महिला सांसदहरु कुरा चपाइरहेका छन् । प्रतिपक्षी दलका महिला सांसदहरु पनि मौनप्रायः छन् ।


। यो समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ  ।


प्रकाशित मितिः बिहीबार, असोज १६, ०७:३६