काठमाडौंः निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ।

२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको चित्रजंगले फेसबूकमार्फत जानकारी गराएका छन् । रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ ।

‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुसी साथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ’ चित्रजंगले बिहीबार फेसबुकमा सेयर गरेका सम्बन्धबिच्छेद पत्रमा भनिएको छ ।


 


प्रकाशित मितिः बिहीबार, असोज १६, १२:३५