कञ्चनपुरः भिमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको आज बिहान प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एन.एच.पि.सि.द्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, १७:४६