बैतडीः गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अहिले बाटो खुलाउन प्रहरी, सेना, सर्वसाधारणले पहल गरिरहेका छन् । बाटो बन्द हुँदा महाकाली राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु मर्कामा परेका छन् ।

कालोपत्रे हुँदै गरेको पाटन पञ्चेश्वर सडकमा व्यवस्थित तरिकाले काम नहुँदा सडकको तलपट्टिका घर तथा जमिनमा बेलाबेलामा क्षति पुग्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर जोखिममा परेका छन् ।


। वर्षाले जमिन भासिएपछि घर जोखिममा परेका छन् । वर्षाले ६० रोपनी बढी जग्गासमेत बगरमा परिणत गरेको छ भने गाउँले मिलेर पशु चौपाया बचाउन सफल भएको स्थानिय हरुले बताएका छन् ।