काठमाडौंः समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्ने बताएका छन् ।

संसदमा शुरु भएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा बोल्दै यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएको बताउँदै यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने बताएका हुन् ।

‘महाकाली सन्धी गर्दा जे गरिएको थियो त्यसको जवाफ दिनुपर्‍यो । कांग्रेस–कम्युनिष्टले माफी माग्नुपर्छ,’ उनले भने, ‘सुगौली सन्धीभन्दा पछि हटेर महाकाली सन्धी गर्‍या हो कि होइन? मधेशीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने? अनि त्यसबेला सन्धी गर्नेहरूले माफी माग्नुपर्दैन? ’

संसदमा संविधान संशोधन विधेयक आएपछि नेपाल-भारत सीमा सम्बन्धि प्रमाण खोज्न मन्त्रिपरिषद्ले विज्ञ समूह गठन गरेकोमा पनि यादवले असहमति जनाए ।


। उनले प्रमाण खोजेर दाबी पेश गरेको भए सही हुन्थ्यो भन्ने धारणा राखे । विज्ञ समितिमा मधेसी समुदायका व्यक्तिलाई नराखेकोमा पनि उनले आपत्ति जनाए ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १५:४८