काठमाडौं: काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धरहरा आसपासका सटर तथा रेष्टुँरा खाली गराएको छ । महानगरले शुक्रबार परिसर खाली गर्न निर्देशन दिए पनि कसैले  खाली नगरेकाले बाध्य भएर डोजर चलाएर खाली गराएको हो ।

महानगरको नगर कार्यापालिकाको शुक्रबारको निर्णय अनुसार साईट वकर्श ट्रेडर्ससँगको सम्झौता खारेज गर्दै सटरहरु खाली गर्न निर्देशन दिएको थियो । महानगरका अनुसार २०७२ सालमा आएको महाभुकम्पसँगै उक्त सम्झौता स्वत समाप्त भएको थियो । सोही अनुरुप कार्यपालिकाको शुक्रबारको निर्णयले धरहरा परिसरमा भाडामा लगाइएको सटर तथा रेष्टुराँका भौतिक संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो ।