काठमाडौंः महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको प्रमुखमा एसएसपी दीपक थापाको सरुवा भएको छ ।

गृह मन्त्रालयले महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुखमा थापालाई सरुवा गरेको हो ।

महाशाखाका तत्कालीन प्रमुख एसएसपी सहकुल थापा डिआइजीमा बढुवा भएपछि खाली रहेको परिसर प्रमुखको जिम्मेवारी उनले पाएका हुन् । उनी यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत थिए ।

यस्तै, मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ ।

काठमाडौं परिसर प्रमुख एसएसपी उत्तम सुवेदी डिआईजीमा बढुवा भएपछि खाली रहेको परिसर प्रमुखको जिम्मेवारी उनले पाएका हुन् ।


उनी हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् छन् । श्याम प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ समेत हुन् ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १२, १८:४६