काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंले यस महिनाको उत्कृष्ठ ८ प्रहरी कर्मचारी छनोट गरेको छ ।

उत्कृष्ट कार्य सम्पदनका आधारमा परिसरले छनोट गरेको हो । छनोट प्रहरीलाई परिसरले नगद पुरस्कार पनि प्रदान गर्ने गर्दछ ।

उत्कृष्ठ प्रहरी कर्मचारी छनोट हुनेमा डिएसपी योगेन्द्रसिंह थापा र विश्वराज खड्का, प्रहरी निरीक्षक राजू लामा र केशक दत्त भट्ट, प्रहरी नायव निरीक्षक अजयजंग थापा र धनसिंह ऐर, प्रहरी हवल्दार ढालबहादुर क्षेत्री र प्रहरी जवान कोशब महतरा रहेका छन् ।

डिएसपी थापा र खड्कालाई ५०-५० हजार रुपैयाँ, प्रहरी निरीक्षक लामा र भट्टलाई ३५-३५ हजार रुपैयाँ, सइ थापा र ऐरीलाई २५-२५ हजार रुपैयाँ, प्रहरी हवल्दार क्षेत्रीलाई १५ हजार रुपैयाँ र प्रहरी जवान महतरालाई १० हजार रुपैयाँ पुरस्कार दिइएको छ ।


नेपाल बंगलादेश बैंकको सहकार्यमा परिसरले पुरस्कार प्रत्येक महिना वितरण गर्ने गर्दछ ।