काठमाडौं: महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन् ।
पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, १७:५८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook