काठमाडौंः महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्घार्थनगर नगरपालिका–९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका–११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख ५० हजार रुपैयाका दरले जम्मा तीन लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन ।

जेठ २९ गते भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य श्रीे राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठलाई रु. एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।


त्यसैगरी जेठ ३० गते बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्री वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष श्री सुरेशसेन ठकुरीलाई रु. एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, २१:१८