काठमाडौंः महालक्ष्मी विकास बैंक लिमिटेडले १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको असोज १६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र ९.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गरिनेछ ।

बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहेको छ भने बैंकले हालसम्म करिब ३२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।



प्रकाशित मितिः बिहिबार, असोज २३, १५:०७