काठमाडौंः महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल”भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिँउदयाम माघ ३ गते शनिबार सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
आज बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पुर्याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई रु.पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरे ।
।
कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताए ।
प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, १७:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook