काठमाडौंः महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

बैंकले असोज मसान्त भित्र तिनु पर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जनाएको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १५:००