भक्तपुरः महाशिवरात्रीको अवसरमा केदारनाथको शिर डोलेश्वर मन्दिरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।

मन्दिर परिसरमा नेपाल रेडक्रस सोसाईटी सिपाडोल उपशाखा तथा मारवाडी सेवा समितिको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार तथा केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जम्मा ३६ जना रक्तदाताहरुले रक्तदान गरि रक्तरोगीको जीवन रक्षार्थ योगदान गरेको रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।

रेडक्रस उपशाखाको आयोजनामा मन्दिरमा हरेक श्रावणी मेलाको प्रत्येक सोमबार र शनिबार तथा शिवरात्रीलगायतका पर्वहरुमा रक्तदान गर्दै आएको उनले बताए ।



प्रकाशित मितिः शनिबार, फागुन १०, १५:३४