सुर्खेत : छाउगोठ मुक्त भएको चौकुने गाउँपालिका ६का महिला फेरि छाउगोठमै फर्किएका छन ।

महिला २०७१ सालमा गुठुका एक सय ९३ सामूहिक तथा व्यक्तिगत छाउगोठ भत्काइएका थिए। सोही वर्ष चैत १० गते तत्कालीन गाविसस्तरीय छाउपडी उन्मूलन समितिको सहकार्यमा वातावरण सुधार समाजले गुठुलाई छाउपडीमुक्त घोषणा गरेको थियो ।

महिनावारी भएका महिला घरमै बस्न थाले तर यो क्रमले लामो समयसम्म निरन्तरता पाउन सकेन र फेरि पुरानै अवस्थामा फर्किएको छ। अहिले महिनावारी भएका महिला घर छाडेर फेरि छाउगोठमा बस्न थालेका छन्।

‘देउता रिसाए भन्दै घरकाले बस्नै दिएनन्’, प्रतीक्षा बयक ले भनिन्, ‘छाउगोठ हटाउने अभियानमा सक्रिय म आफैं महिनावारी हुँदा छाउगोठमा बस्न थालेकी छु।


।’ बयक महिनावारी हुँदा एक वर्षसम्म घरमै बसिन्। छाउगोठ भत्काउने अभियन्तासमेत रहेकी उनी अहिले फेरि छाउगोठमा फर्किएकी छन्। नागरिक दैनिकमा समचार छ ।