काठमाडौंः नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार तनहुँमा पुल उद्घाटन गर्न गाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुर्व्‍यवहार गरेको भन्‍दै गृहमन्त्रीको राजीनामा मागेको हो ।

महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसका वरिष्ठ नेतालाई बद्नियतपूर्ण दुर्व्‍यवहार र कार्यकर्तामाथि अश्रुग्यास प्रहार लोकतन्त्रमाथिकै प्रहार हो । दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनाको समेत माग गर्दछ ।


।’

संघले सरकार लोकतन्त्रको खोल ओढेर बर्बर तानाशाही प्रवृत्तिको आक्रमण भएको ठहर गरेको छ । यसका साथै सरकारको यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने समेत संघले चेतावनी दिएको छ ।

दमौलीस्थित बुल्दीखोला उदघाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा राखेर तीन घण्टापछि छोडेको थियो ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ गते बिहीबार, १७:२४