काठमाडौंः महोत्तरीमा अज्ञात समूहले गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

जिल्लाको औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार कोइरालामाथि बुधबार बेलुका ७ः३० बजे दुई गोली प्रहार गरिएको हो ।

घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

गोली कसले र किन चलाएको भन्नेबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, ०८:१३