महोत्तरीः मटिहानी नगरपालिका–२ आवरमा बुधबार बेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका–३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेका छन् ।

धिरापुरबाट मटिहानीतर्फ जाँदै गरेको ज १ त ७४८४ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी धिरापुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी चढेका मटिहानी नगरपालिका–८ का २६ वर्षीय सरोज कुमार साहको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।


ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ५ गते बिहीबार, १०:३४