महोत्तरीः जलेश्वर नगरपालिका–७ बख्रीमा हिजो साँझ ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीकै महोत्तरी गाउँपालिका–४ रतुवाका २० वर्षीय पप्पु पासवान रहेका छन् ।

ज १ त ३५७९ नम्बरको ट्याक्टर मोड्ने क्रममा अगाडिको इन्जीनको भाग उड्न जाँदा चालक इन्जीन र टेलरको बीचमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, ११:४६