काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले माइतीघरलाई नेपाली जनताको चौतारी भनेका छन् ।

माइतीघरमा सरकारले गरेको निषेधआज्ञाको आज विरोध गर्दै तोड्न पुगेका नेविसंघको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

‘माइतीघर मण्डला नेपाली जनताको चौतारी हो, चौतारीमा जम्मा हुन पाउनु पर्दछ आफ्नो कुरा राख्न पाउनु पर्दछ । पौडेलले भने ।

सरकारप्रतिको असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘जनताले आफ्नो कुरा सरकारलाई भन्न नपाउने कस्तो सरकार ? आज डा. गोविन्द केसीलाई अनसनबाट हटाइन्छ । लामो समयदेखि अनसनमा रहेकी गंगामायाको बारेमा केहि बोल्नु पर्दैन ? केपी ओली जी हिजो राजतन्त्र फालेका जनता हुन् तपाईलाई पनि नफाल्लान् भन्न सकिदैन त्यसैले यस्ता अराजक कुराहरु नगर्नुहोस् ।


। उखान टुक्काले देश चल्दैन र यसरी जनताको आवाज राख्ने स्थानलाई रोक्न पाइदैन।’

भिडियो