काठमाडौंः नेकपाको गठन पश्चात तत्कालीन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यहरूले एमालेसँगको पार्टी एकीकरण प्रति असन्तुष्टि जनाएका छन् ।

उनीहरूले राजधानीमा गोप्य भेला गरेर नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर पार्टी एकीकरणप्रति असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले समूहको भेला पश्चात हस्ताक्षरसहितको फरक मत उनीहरूले प्रचण्डलाई बुझाउनुले पनि तत्कालीन माओवादी केन्द्रबीचका नेताहरु असन्तुष्टि रहेको स्पष्ट हुन्छ ।

नेताहरुले यो बिषयलाई तत्कालका लागि रोकेर राख्नुपर्ने र यसको समस्या समाधान गर्ने भनेर बताइरहँदा विवाद भने सतहमै आएको स्पष्ट हुन्छ ।


नवगठित नेकपाको केन्द्रीय कमिटीमा नपरेपछि पोलिट व्युरो सदस्यहरूले गोप्य भेला गरेर प्रचण्डलाई निरन्तर दवाव दिँदै आएका छन् । उनीहरुले आफ्ना माग पूरा नभए नेकपा (माओवादी केन्द्र)लाई व्युताउने कुरा समेत सतहमा ल्याई सकेका छन् ।

एमालेसँगको पार्टी एकीकरण प्रति फरक मत राख्नेहरूमा मुकसामहाङ मेन्याङबो, श्रीप्रसाद जबेगु, झलक सिंह दर्लामी, बाबुराम गौतम, बालकृष्ण ढुंगेल, ध्रुब बुढाथोकी, कुलप्रसाद साँवा, मोहन खत्री, विजय साम्पाङ, डम्बर सुवेदी, मोहन खड्का, राजु अचार्य, नरबहादुर दुलाल, योगेन्द्र मण्डल, विशाल कार्की, होमकुमारी खापुङ, दुर्गा राई, रुद्रबहादुर हाडा, शंखर राई, गणेश उप्रेती, सुशीला कन्दङवा, खेम सुन्दास, रिपुप्रसाद राई, टेकमान उदय राई, सूर्यमान दोङ क्षेत्रबहादुर श्रेष्ठ, निरु दर्लामी, रामचन्द्र मण्डल, उपेश यादव, सुनिता यादव, दिलिप शाह, रामसिंह यादव, सत्यनारायण भगत, अशोक जैसवाल, देवेन्द्र पराजुली, गणेश रेग्मी सोनामलाल साह, शैलेन्द्र घिमिरे, दीपक कोइराला, भक्त रसाइली, इन्द्रप्रसाद खरेल, सुदर्शन बराल, टीकाविक्रम हमाल, तपेश्वर राय चौधरी, रामचन्द्र शर्मा, रमेश मल्ल, चित्रबहादुर श्रेष्ठ, धावा सारु, राजकुमार श्रेष्ठ, दीनानाथ गौतम, प्रकाश गौतम, तेजबहादुर मिजार, मीना तामाङ रुकु चौलागाइँ, कान्छामान तामाङ, देवेन्द्र श्रेष्ठ, कुलबहादुर मोक्तान, रक्तिम लामा, गोविन्दबहादुर बटाला, कृष्णा भुजेल, रामचन्द्र ठाडा मगर आदी रहेका छन् ।

यसरी तत्कालीन माओवादी केन्द्रका नेताहरुको असन्तुष्टिले पार्टी भित्र त पक्कै पनि देखिन थाल्नेछ  भने समग्र नेपाली राजनीतिमा पनि तरङ्ग पैदा हुनेछ । ६ महिना लगाएर गरिएको पार्टी एकता र नवगठित नेकपा भित्र यस्ता असन्तुष्टिको संख्या वढ्दै जानुले नेपाली जनताले चाहेको वाम एकताले सार्थकता नपाउन पनि सक्छ ।

तत्कालीन दुवै पार्टी भित्र रहेका असन्तुष्ट पक्षहरु मिलेर पुनः पार्टी व्यूँताउने र नेपाली राजनीतिमा सकृयता वढाउदै जाने हो भने पक्कै पनि नवगठित नेकपाको उद्देश्य र उनीहरुले देखाउन खोजेको एकतामा खलल पुग्ने देखिन्छ ।