काठमाडौं: नेकपा ( माओवादी केन्द्र ) को अध्यक्षमा गोपाल किरातीलाई चयन गरेएको छ । उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापामगर, महासचिवमा कर्णजित बुढाथोकी र सचिवमा राजन तिम्सिना रहनुभएको सो पार्टीले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पार्टी नेता पुष्पकमल दाहाल ९प्रचण्ड० लगायतले नेकपा ( माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा ( माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न उक्त निर्णय गरेको हो ।

बैठकले राष्ट्रियता, जनवाद र जनजीविकाबारे ११ बुँदे तथा राजनीतिक तथा संगठनका विषयमा अध्यक्ष गोपाल किरातीले प्रस्तुत गरेको पाँचबुँदे निर्णय पारित गर्दै महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई निरन्तरता दिने घोषणा गरेको छ ।


महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन गरिएको छ ।
जेठ ३ गते नेकपा ( माओवादी ) केन्द्र र नेकपा ९एमाले० बिच पार्टी एकता भए सङ्गै किरातिले नेता पुष्पकमल दाहाल ( प्रचण्ड ) लगायतले नेकपा ( माओवादी केन्द्र ) परित्याग गरी गएको आरोप लगाउदै आएका छन । गोरखापत्र दैनिकमा समाचार छ ।