काठमाडौंः नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका सांसदहरु्बीच आर्थिक वर्ष ०७५/७६ को बजेटबारे छलफल भइरहेको माआवादी केन्द्रले जनाएको छ ।

दुई दलबीच एकीकरण प्रक्रिया सुरु भइरहेको बेला संसदीय दलका नेतासमेत रहेका प्रचण्डले समसामयिक राजनीतिबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।