काठमाडौं: काठमाडौं महानगरपालिकाले माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने भएको छ।

महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो।

‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं,’ काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा उल्लेख छ। खुलामञ्चमा पार्किङ गरेर अस्तव्यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियन्ताहरूले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटकरपटक पत्राचार गर्दै आएका थिए।



प्रकाशित मितिः पौष २७, आइतवार, १४:१४