काठमाडौंः माछापुच्छ्रे बैंक लि. र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।

सम्झौता अनुसार बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।



प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, २०:४४