काठमाडौंः माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट गोकर्णेश्वर तथा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकहरुले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यू आर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, २०:०२