काठमाडौंः माछापुच्छ्रे बैंक लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle)  खरिदमा बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।



प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, २१:३४