झापाः झापाको दमक नगरपालिका–५ संगम टोलमा बुधबार राति माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय चिन्टु माझी रहेको प्रहरीले जनाएको छ ।

घर अगाडि नालीमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा चिप्लिएर माझी पानीमा खस्दा अशक्त भएका थिए ।

उनको उपचारको क्रममा लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो ।


प्रकाशित मितिः बिहीबार, असोज १६, ०८:५५