काठमाण्डौं : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा पुगेको टोलीले अध्यक्ष अनुपराज शर्मालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

नेविसंघले मानवअधिकार उल्लंघन र जघन्य अपराधका घटनामा संलग्न अपराधीलाई आममाफी दिन सरकार क्रियाशील देखिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षणपत्रमा न्याय प्राप्तिका लागि वीर अस्पतालमा लामो समयदेखि अनशनरत गंगामाया अधिकारी र स्वास्थ्य शिक्षा सुधारका लागि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदासम्म पनि सरकारले आनाकानी गरेको भन्दै सचेत गराउन आग्रह गरिएको नेविसंघ आर.आर.क्याम्पसका नेता उत्तम साउदले नेपाल तारालाइ जानकारी दिए ।


। ।