मकवानपुरः मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा एक भारतीय युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३–०३–००१–ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः शनिबार, असार ६, २०७७, २०:३०