काठमाडौंः आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ ।

विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् ।


। जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।

नवीकरण रोकिएका अस्पताललाई सरकारबाट दिइने अनुदान र सेवासमेत रोकिएको विभागले जनाएको छ । विभागअन्तर्गत सरकारी, गैरसरकारी र सहकारीसमेत गरी ८९ अस्पताल छन् । यी अस्पताल ५० देखि दुई सय शय्याका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, पुस २२, ०७:४९